सोनापुर मिनरल्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
२३ कात्तिक, काठमाडाैं । तिहार अघिको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । निरन्तर तीन सुधार आएको बजार आज भने दोहोरो अकंले घट्न पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८५ अकंले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको छ । आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हनार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा सोनापुर मिनरल्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ७ करोड ६७ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ३ करोड ८१ लाख २६ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३ करोड ६३ लाख ७० हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १ करोड ९२ लाख २४ हजार रुपैयाँ र साल्ट ट्रेडिङ कर्पोरेशनको १ करोड ८२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १५:२१












