बोटलर्स नेपाल (तराई) लिमिटेडले घोषणा गर्यो लाभांश, नगद कति ?
२३ कात्तिक, काठमाडौं। बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाइ प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १०:१४












