सानिमा माई हाइड्रोपावरको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुँदै
२३ कात्तिक, काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा आज कात्तिक २३ गते बस्दैछ । सभाले कम्पनीले घोषणा गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सानिमा माईले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार ०९:३१












