३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

पर्यटक बस र यात्रु बस ठाेक्किदा एक जनाकाे मृत्यु ३१ जना घाइते

२४ कात्तिक, धादिङ । पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका–३ मालिङ्गामा आज दिउँसो दुई वटा सवारी साधन एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५२८१ नं को यात्रुबाहक बस र काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा१प ९७७ नंको पर्यटक बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १४:३१