८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्दै एसियन लाइफ

२२ कात्तिक, काठमाडौं। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न लागेको जनाएको हो ।

हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। यसलाई परिमार्जन गर्दै अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागिएको हो।

सेयर स्वामित्व परिमार्जनसम्बन्धी विशेष प्रस्ताव कम्पनीको १४औँ वार्षिक साधारणसभा पारित भइसकेको छ भने नेपाल बीमा प्राधिकरणले पनि स्वीकृति दिएको छ।

अब संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न इच्छा नचाहाने सेयरधनीहरुलाई कम्पनीले लिखित जानकारी गराउन ७ दिनको अवधि दिएको छ ।

तोकिएको अवधिभित्र सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १४:२७