२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

सडक नाप्नेक्रममा माटोको ढिस्कोले पुरिएर इञ्जिनियरसहित २ को मृत्यु


१ चैत, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका १ मा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मूलडाँडामा ढिस्कोले पुरिएर सर्लाही मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु दुलालको मृत्यु भएको छ ।

लिखु हाइड्रो पावर र स्थानीयको लगानीमा खनिएको सिवालय वाम्ति सडकको बाटो नाप्ने क्रममा बुधबार साँझ माथिबाट माटोको ढिस्को खस्दा उनीहरु पुरिएका हुन ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०८:४५