१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले सचिवालय बैठक आज, यी विषयमा छलफल हुने

२२ कात्तिक, काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल हुने प्रमुख गौतमले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ०९:४१