२०० प्रतिशत हकप्रद निष्कासन गर्दै घलेम्दी हाइड्रो, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?
२२ कात्तिक, काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी ५५ करोड रुपैयाँको १ः२ अनुपातमा १ अर्ब १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद बिक्री खुला गर्न लागेको हो।
उक्त हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सकिनेछ।
साथै, हकप्रदमा धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यालय, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकका केही शाखाबाट पनि भर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ।
हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत कात्तिक ३ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।
प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ०९:२७












