१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

श्रीलंकाको संसद भंग गर्ने राष्ट्रपति मैत्रिपाल सिरिसेनाको निर्णय


२४ कात्तिक, काठमाडौँ । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने निर्णय गरेका छन । राष्ट्रपति सिरिसेनाको संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अब जनवरीमा आम चुनाव हुनसक्छ यद्यपि त्यो चुनाव गराउन सजिलो भने हुनेछैन । यता संसद भंग गर्ने राष्ट्रपतिको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी (यूएनपी)ले राष्ट्रपतिसँग यो निर्णय गर्ने शक्ति नरहेको प्रतिक्रिया दिएको छ । गत महिना राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार ०८:५९