२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सूर्य नेपालले भूकम्पपिडितको राहात तथा उद्दारको लागि सहयोग गर्यो १ करोड ४० लाख

२१ कात्तिक, काठमाडाैं । सूर्य नेपाल प्रा.लि. ले भूकम्पपिडितको राहात तथा उद्दारको लागि रु.१ करोड ४० लाख सहयोग गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुमलगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनर्रस्थापनामा मद्दत पुर्याउन उक्त रकम सहयाेग गरेकाे बताएकाे छ ।

कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा,दिप्राला हिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलिले आज प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी १ करोड रुपैँया हस्तान्तरण गरेका हुन् । साथै, कम्पनीले थप रु.३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ भने रु.५ लाख बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १५:५४