२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

२१ कात्तिक, बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मंगलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन् ।

यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १४:५९