दुई कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको अनुमति, कुनको कति ?
२१ कात्तिक, काठमाडौं । दुई कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ। आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
आयोगले यी दुबै कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो। आयोगको पूर्वस्वीकृतिपछि अब दुवै कम्पनीको हकप्रद सेयर निष्कासन प्रस्ताव आ( आफ्नो आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि यी कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्नेछन्।
राप्ती हाइड्रोले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ बराबर १ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता सेयर निष्काशन गर्नेछ। त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूँर्जी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशतका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर निष्काशन गर्नेछ।
प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १४:३२












