२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

कामना सेवा विकास बैंकद्वारा काठमाडाैं उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल रुम हस्तान्तरण

२१ कात्तिक, काठमाडाैं । कामना सेवा विकास बैंकले काठमाडाैं उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरि हस्तान्तरण गरेको छ ।

कम्पनीले आफू स्थापना भएको १६ औं वर्ष पुरा गरि १७ औं वर्ष प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरेको बताएको छ ।

एक समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले उक्त कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरि काठमाडाैँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्दै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए । कम्पनीले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १२:५८