६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२१ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन सोमबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी मूल्य स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ११:०९