२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सीबीफीनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

२० कात्तिक, काठमाडाैं ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी निर्वाह गरेका छन् ।

व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास जस्ता क्षेत्रहरुमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुबाट विशिष्ट तालिम समेत प्राप्त गरेका छन् ।

कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टिगत अर्थतन्त्रको हित जस्ता क्षेत्रमा उनको ज्ञान र अनुभव छ । कोइरालाको नियुक्तीबाट थप उचाइ प्राप्त गर्ने अपेक्षा सीबीफीनले गरेको बताएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १६:५६