११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

दोहोरो अंकले बढेको बजारमा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

२० कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से २१.३० अंकले बढेर १८४७.५४ बिन्दुमा बन्द भएको छ । सोमबार २८३ कम्पनीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच हुदाँ ९३ करोड ८९ लाख २९ हजार बराबरको कारोबार भएको छ ।

सेयर बजारमा सुधार आउँदा आज सबैभन्दा बढी सोल्टी होटलको प्रमोटर सेयरको कारोबार भएको छ । कम्पनीको आज ६ करोड ४३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ५ करोड ६२ लाख ३ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ३ करोड ७८ लाख ३९ हजार रुपैयाँ, हिमालयन बैंक प्रमोटर सेयरको ३ करोड ५८ लाख ४८ हजार रुपैयाँ र मन्जुश्री फाइनान्सको २ करोड ३९ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १५:१५