१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

माओवादी केन्द्रले काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शन स्थगित

२० कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। कर्णालीको जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए।

काठमाडौंबाहेक अन्य स्थानमा भने प्रदर्शन यथावत रहेको उनले बताए । महासचिव गुरूङले वडा र स्थानीय तहका कार्यक्रम भने यथावत रहने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १३:१७