मनोहरा कृषि शित भण्डारको कृषि सशक्तिकरण अन्तरक्रिया सम्पन्न
१९ कार्तिक, काठमाडाैँ । मनोहरा कृषि शित भण्डार प्रा.लि.ले नेपालमा कृषि सशक्तिकरणः From Soil to Success सम्बन्धि अन्तरकृया तथा छलफल कार्यक्रम गरी लगानीकर्ताहरुको भेला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीको जानकारी, योजना सहित कृषिको अपरिहार्यता, जलवायु परिवर्तनका कारणहरु, जनसंख्याको बृद्धि तथा कृषि उपज उत्पादनको तलमेल, माटोको संरक्षण संगै उत्पादनमा बृद्धि साथै शित भण्डारको विकासले फसल पछिको नोसानीलाई कसरी कम गर्न सहयोग गर्दछ भन्ने कुरामा कम्पनीका अध्यक्ष विशाल हुमागाँईले आफ्नो मन्तव्य राख्नु भयो ।
करिब १५० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मुक्तिनाथ विकास बैकका अध्यक्ष तथा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष श्री भरतराज ढकालज्युले कृषि क्षेत्रमा सवैमिलेर निजि क्षेत्र, सरकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभई नेपाल र नेपालीको समृद्दिको आधार कृषि पेशा रहेको र कृषि उपजहरुलाई निर्यात गर्न सकेमा मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै त्यस तर्फ अग्रसर भएकोमा शित भण्डारको प्रसंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि कम्पनीको रणनीतिक साझेदाय समेत रहेको मुक्तिनाथ क्यापिटल लिका अध्यक्ष श्री सिताराम काफ्लेले कृषि कार्यमा योजना, बजारीकरण, औजार लगायत सबै कुराको व्यवस्थापनबाट उपज बृद्धि हुने त्यसैले कृषि गर्न भन्दा पनि आधुनिक प्रणालीको राम्रो ज्ञान लिएर यो पेशामा लाग्न सुझाव दिनुभयो, कम्पनीका अध्यक्ष विशाल हुमगाईले कार्यपत्र प्रस्तुत गर्दै कम्पनीको स्थापनाका लक्ष्य तथा भावी योजना एवं रणनितिका बिषय प्रस्ट पानुभयो।
समाजले किसान र कृषिलाई दण्डित पेशाका रुपमा चित्रण गर्ने गरेको त्यो सोचको अन्त्य गर्नुपर्नेमा जोड दिनुभई कम्पनीले कृषि पेशा व्यवसाय सम्मानीत पेशा हो र अब किसानले स्वाभिमान तथा गर्वका साथ म किसान हुँ भन्न सक्ने वातावरण यस कम्पनीले निर्माण गर्ने र किसानले उत्पादन नगरे आधारभुत मध्येको पनि अति आधारभुत आवश्यकता खानेकुराकै समस्या पर्ने भन्दै कृषिमा लगानी अबको प्राथमिकता भन्दै पहिलो चरणमा १० लाख क्षमताको शित भण्डार स्थापना गर्ने पहल सुरु गरेको र त्यस उद्देश्यमा सबै साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार २०:१७