१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

आरएसडिसी लघुवित्तको बोलायो साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् लाभांश ?

१९ कात्तिक, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको आज बिहान बसेको सञ्चालक समितिको बैठकले मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थलघुवित्तले मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८।६० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।४५२६ प्रतिशत नगद लाभांश गरी कुल ९।०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। साथै, सोही सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको संस्थापक तथा सर्वसाधारणसभा सेयरधनीको सेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १६:४०