सेयर बजारमा २१.४६ अंकको गिरावट, एक अर्ब पनि पुगेन कारोबार रकम
१९ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको छ । आइतबार ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ६.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६१४ रुपैयाँ पुगेको छ । आइतबार हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन नबिल बैंक लिमिटेडको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १५:१८












