११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१९ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको छ । ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा नबील बैंकको प्रमोटर सेयरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ४ करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमइ बैंकको ३ करोड १७ लाख ७९ हजार रुपैयाँ, एनआएसी एशिया बैंकको ३ करोड ३ लाख ८० हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको २ करोड ८९ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकको २ करोड ८७ लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १५:०९