८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

गुल्सन र रोहितको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

१९ कात्तिक, काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । आइतबार बिहान टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४ रन बनाए । २५ बल खेलेका उनले पाँच चौका र चार छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले ५२ रन बनाए । ३७ बल खेलेका उनले पाँच चौका र दुई छक्का हाने ।

करण केसीले ६ बलमा २० रन बनाए । कुशल भुर्तेलले ३१ रन बनाए । उनी २२ बलमा ३१ रन बनाएर आउट भएका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे । यसअघि सन्दीप जोरा र आशिफ शेख आउट भएका थिए । जोराले १० रन बनाए भने आशिफले ६ रन मात्रै जोडे ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १२:४५