२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

भूकम्पबाट अवरुद्ध सडक खुला

१९ कात्तिक, जाजरकोट । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ ।

राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिए । राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार ११:४३