१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्ने

१९ कात्तिक, काठमाडाैं । एनआइसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२ योजना निष्कासन गर्ने भएको छ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया ग्रोथ फन्ड–२’का इकाइहरु आउँदो मंसिर ४ गतेबाट बिक्री खुला गरिने भएको हाे ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ अधिकतममा १ करोड इकाइ खरिदका लागि मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

साे समयमा पर्याप्त आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार ११:४६