१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिवाईसी नेपाल लघुवित्तको नाफामा भारी गिरावट, ईपीएसमा पनि पहिरो

१९ कात्तिक, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा लघुवित्तले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८७.४३ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिमा लघुवित्तले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी पनि ६.७२ प्रतिशतले घटेर ५ करोड ६३ लाख रुपैयाँ  कायम भएको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ४ लाख रुपैयाँ थियो।

यो अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.८७ प्रतिशतबाट बढेर ६.६५ प्रतिशत पुगेको छ। लघुवित्तको चुक्तापुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा संस्थाले २ अर्ब ७५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस ) घटेर २.८६ रुपैयाँ पुगेको छ। पीई रेसियो ३५४.८९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २२१.२३ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार ११:०३