५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का

१८ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताए । रक्षामन्त्री समेत रहेका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिए ।

“हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पु¥याउनु हो”, उनले भने, “त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।” उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भूकम्प प्रभावित जाजरकोट पुग्नुभएको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताए । उनले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ११:०९