बाजुराका मोहन बोहराको कैलालीमा रहस्यमय मृत्यु, हत्या अाशंकामा चार जना पक्राउ
२३ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा आज ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिनुभयो ।
बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताउनुभयो । उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार १९:१८












