१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशीमा एमाले माथि धोका, तिहार नमनाउँदै सरकारबाट बाहिरिने

१७ कार्तिक, विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेले धोका खाएको छ । संघीय सरकारमा धोका खाएकै शैलीमा कोशीमा पनि एमालेले धोका खाएको हो । संघीय सरकारमा प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले धोका दिएकै शैलीमा मुख्यमन्त्री केदार कार्कीले पनि धोका दिएका छन । धोकासँगै तिहार समेत नमनाउँदै एमाले सरकारबाट बाहिरिने भएको छ ।

मुख्यमन्त्री कार्कीले शुक्रबार एमालेलाई सूचना समेत नदिइ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई मन्त्री नियुक्त गरेर सपथ गराएका छन । योसँगै एमाले सरबारबाट बाहिरिने भएको छ । एमालेले यसअघि नै कोशीमा केन्द्रको गठबन्धन कायम राख्ने कोशिश गरे सरकारबाट बाहिरिने घोषणा गरिसकेको थियो ।

एमाले कोशीका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने र अब सरकारबाट बाहिरिने बताएका छन । सरकारमा एमालेका रामबहादुर राना मन्त्री रहेका छन् । एमाले ३० र कांग्रेसमा ८ सांसदहरुको समर्थनमा केदार कार्की असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार २०:२३