सोलुखुम्बुमा एकै दिन २ विदेशी पर्यटकको मृत्यु
२३ कात्तिक, काठमाडाैँ । सोलुखुम्बुको खुम्बु भ्रमणमा आएका दुई विदेशी पर्यटकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अस्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अस्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन् ।

यसैबीच, युक्रेनका नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि बिहीबार मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्करमा रहेको लालिगुँरास होटलमा बास बसेर मन्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब ११ः५५ को समयमा श्रीमतीसमेत सँगै भएको बेला उनको अचानक मृत्यु भएको बताएको छ ।
प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार ०८:००












