हिमालयन बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा १ अर्ब ८५ करोड
१७ कात्तिक, काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उछाल आएको छ। बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ५३ करोड २४ लाख रुपैयाँमा सीमित थियो।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८५ करोड रुपैयाँले ऋणात्मक रहेको छ। यो अवधिमा बैंकको सञ्चालन मुनाफा ९१.१३ प्रतिशतले बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ७८ करोड ९४ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७५.८२ प्रतिशतले बढेर ३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो।
बैंकको खराब कर्जा अनुपात २.३१ प्रतिशतबाट बढेर ४.६७ प्रतिशत पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ७५ करोड ६६ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १४.६१ प्रतिशतले बढेर १७ अर्ब ७ करोड पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ४२ पैसा बढेर १९ रूपैयाँ ५१ पैसा कायम भएको छ। पीई रेसयो १०.३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २७ पैसा रहेको छ।
प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १३:५६