१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

सेयर बजारमा ओरालो यात्रा कायमै, ९६ करोड ४४ लाखको कारोबार

१६ कात्तिक, काठमाडाैं । सेयर बजारमा ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८६ अकंले घटेर १८४७.७० बिन्दुमा बन्द भएको छ । आज २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

बिहिबार सयपत्रि हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज आशा लघुवित्तको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १५:१६