११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

बिहीबार यी कम्पनीको भयो सर्वाधि कारोबार

१६ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से  १०.८६ अंकले घटेर १८४७.७० विन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा आशा लघुवित्तको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, प्राइम कमर्सियल बैंकको ६ करोड ४५ लाख ५२ हजार रुपैयाँ,सोनापुर मिनरल्सको ४ करोड ४९ लाख ६८ हजार रुपैयाँ, सोल्टी होटलको २ करोड ७९ लाख ८१ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको २ करोड ६४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १५:१०