२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एफवान सफ्ट इन्टरनेशनलको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त

१६ कात्तिक, काठमाडाैं । एफवान सफ्ट ग्रूपको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुवास शर्माले स्वागत गरेका छन् । आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए ।

उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा पनि काम गरेका छन् । उनी पेशाले चाटर्ड एकाउन्टेन्ट समेत हुन् । एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले भने, ‘वित्तीय टेक्नोलोजीलाई तिब्र गतिमा अगाडी बढाइरहेको एफवानसफ्ट ग्रूप दिनानुदिन ठूलो संस्था बनिरहेको बताउँदै आफूले कम्पनीलाई वित्तीय क्षेत्रबाट आफुले सहयोग पुरयाउन पाउँदा खुशी लागेको छ ।’

एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी हो । कम्पनीले हाल १ हजारभन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । एफवान सफ्ट कम्पनी अन्तर्गत हाल ई-सेवा, फोनपे, ई-सेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू रहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १४:२५