२२ पुष २०८१, सोमबार | Mon Jan 6 2025

एमाले सांसद सिलवालविरुद्ध कीर्ते मुद्दा दर्ता हुँदै

२ फागुन, काठमाडौं । अन्ततः सरकारले नेकपा एमालेका सांसद नवराज सिलवालविरूद्ध जिल्ला अदालत काठमाडाैँमा कीर्ते मुद्दा दर्ता गर्ने भएकाे छ । महान्यायाधिवक्ता बसन्तराम भण्डारी मुद्दा दर्ता गर्न केहीबेरमा जिल्ला अदालत जाँदै छन । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए ।

दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए । एक–दुई दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवाल विरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी रहेकाे बुझिएको छ । तर महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएर भण्डारीले मुद्दा दर्ता गर्न लागेकाे बुझिएको छ ।

यसअघि तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको मुद्दामा कर्मचारीलाई दिएको अधिकार आफूले लिएको नजिर छ । आइजीपी नियुक्ति प्रकरणमा पेश भएका अलगअलग कार्य सम्पादन मूल्यांकनमध्ये कुन चाहिँ किर्ते हो र यसमा को कसको संलग्नता छ अनुसन्धान गरी कारवाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार ११:२४