१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

ओली भन्छन, एमालेको चियापान तर प्रचार विभाग र विष्णु रिजाल भन्छन, ओलीको चियापान (फोटोफिचर)

१५ कार्तिक, काठमाडौँ । नेकपा एमालेको कि अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा चियापान कार्यक्रम भएको भन्ने बहसकै बीचमा बुधबार चियापान सकिएको छ । चियापानमा उपस्थिति भएका सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले हाम्रो पार्टी एमालेले गरेको कार्यक्रम भनेर आफैँ बोलेका छन ।

तर एमालेको प्रचार विभाग र केन्द्रीय सदस्य विष्णु रिजालले चियापान सकिएपछि पनि ओलीको चियापान भनेर ब्राण्डिङ गर्ने कोशिश गरेको छ । स्थायी कमिटी सदस्य राजेन्द्र गौतम प्रमुख रहेको प्रचार विभागले सामाजिक सञ्जालमा केपी ओलीको चियापान भनेर प्रचार गरेको छ भने सोही विभागले सञ्चालन गर्ने वेबसाइटको समाचारमा पनि केपी ओलीकै चियापन भनेर उल्लेख गरेको छ ।

चियापान पछि केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत ओलीको चियापान भनेर उल्लेख गरेका छन । तर स्वंय ओलीले भने हाम्रो पार्टीले गरेको चियापान भनेर उल्लेख गरेका छन । चियापान अघि नै पहिला ओलीको चियापान भनेर प्रचार गरिएको थियो पछि निमन्त्रणा कार्डको डिजाइन नै अर्को बनाएर नेकपा एमालेको चियापान भनेर निमन्त्रणा गरिएको थियो ।

चियाअघिको विवादित निमन्त्रणापत्र ।

चियापान ओलीको कि पार्टीको भनेर विवादित बहस चलाइराख्न चाहनेहरूले भने फेरि पनि ओलीको चियापान भनेर चर्चा सुरू गरेका छन । यद्यपी ओली स्वयंले भने पार्टीको चियापान भनेर बताएका छन ।

ओलीले पत्रकारहरूसँगको कुराकानीमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति कायम गरी शान्ति प्रक्रियाको बाँकी काम अब ढिलो नगरी टुङ्ग्याउनुपर्ने बताए । करिब ८ मिनेट बोलेका ओलीले  भने, ‘शान्ति प्रक्रियालाई सहमतिका साथ टुङ्ग्याउनुपर्छ । पीडितलाई केन्द्रमा राख्नुपर्छ । सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार काउन्सिलले भनेका कुराहरूलाई पनि ध्यान दिनुपर्छ ।’

एमालेले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई सहभागी भएका थिए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा सीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेता बामदेव गौतम लगायत विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूको चियापान कार्यक्रममा सहभागिता रहेको थियो । चियापानमा एमालेले सञ्चार क्षेत्रका ९५ जनाका लागि पत्र नै पठाएर निमन्त्रणा गरेको थियो । तस्बीरहरूः एमालेको प्रचार विभागको फेसबकु पेज

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार २२:४८