सेयर बजारमा ५.८३ अंकको गिरावट, ८१ करोड २० लाखको कारोबार
१५ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार पनि नेप्से परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर खरिदबिक्री हुँदा ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १५:१३












