१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमालेको चियापानः चियासँगै लड्डु र केरा

१५ कार्तिक, काठमाडाैँ । नेकपा (एमाले)ले बडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम जारी छ । पार्टी मुख्यालय ललितपुरको च्यासल, ललितपुरमा जारी चियापानमा १२:३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ । केहीबेरमा २:३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुँदैछन । चियापानमामा चियासहित भेज कट्लेट, निम्की, लड्डु र केरा राखिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १३:५५