२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

सिद्धार्थ बैंकले बाेलायाे वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

१४ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको कात्तिक १३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो २२ औँ वार्षिक साधारणसभा मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० अनुमोदन गर्नेछ।

साथै, सभाले  अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश र साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा सहभाग हुन सक्नेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ०९:२७