१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

सोमबार साधना लघुवित्त र नेपाल लाइफको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

१३ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ ।  नेपाल एक्सचेञ्ज (नेप्से) आज ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा साधना लघुवित्तको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको आज ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २३ लाख ५ हजार रुपैयाँ, सिद्धार्थ बैंकको प्रमोटर सेयरको २ करोड ९० लाख २० हजार रुपैयाँ, नबिल बैंकको २ करोड ३० लाख १९ हजार रुपैयाँ र नेशनल हाइड्रोपावरको १ करोड ५३ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १५:१८