११ अर्ब बढीको हकप्रद सेयर निष्कासन गर्दै ११ कम्पनी, कुनको कति ?
१२ कात्तिक, काठमाडौं । विभिन्न ११ वटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन गर्न अनुमति कुर्दै ती कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेको छन् । धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् कम्पनी र एउटा विकास बैंक रहेका छन् ।
धितोपत्र बोर्डबाट अनुमति पाएमा ती कम्पनीहरूले ११ अर्ब रुपैयाँको ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छन् । हकप्रद सेयर निष्कासनको अनुमति पर्खेर बस्ने कम्पनीमा छ्याङदी हाइड्रोपावर रहेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति माग्दै सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले ३८ करोड रुपैयाँको ६९ लाख ७७ हजार ५०० रुपैयाँको ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।
यसैगरी सिंगटी हाइड्रो इनर्जीले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
त्यस्तै अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत अर्थात १ः१ अनुपातमा १ अर्ब ८६ करोड ७६ लाख ६२ हजार ६०० रुपैयाँको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
त्यस्तै, हिमालय ऊर्जा विकास कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैकिंङ क्यापिटल रहेको छ ।
त्यस्तै रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
लिबर्टी इनर्जिले ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । त्यस्तै न्यादी ग्रुप पावरले १ करोड ८५ लाख१२ हजार ७९२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
यसैगरी आँखुखोला जलविद्युत् कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ठ बैकिङ लिमिटेड रहेको छ ।
त्यस्तै बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार१५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।
यसैगरी घलेम्दी हाइड्रोले १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १३:५४












