६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

दैनिक नयाँ कीर्तिमान बनाउँदै सुनको मूल्य, कति पुग्यो तोलाको ?

१२ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान बनाउन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १६ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार ११:१४