२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_____________
#दैनिक_राशिफल

कार्तिक १२ आइतबार

मेष :- नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने साथै सामाजिक मान सम्मानमा थप वृद्धि आउने ।

वृष :- विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्ने तथा नसकेको ठाउँमा अनावश्यक धननाश हुने ।

मिथुन :- प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै अनायासै अर्थ, जमिन वा उपहार लाभको सम्भावना ।

कर्कट :- स्वास्थ्यले राम्रै साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

सिंह :- व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने साथै आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ने ।

कन्या :- वादविवादजन्य विषयबाट टाढै रहेको श्रेयस्कर हुने साथै कमजोर स्वास्थ्य स्थितिको सामना गर्नुपर्ने ।

तुला :- प्रारम्भ भएका कार्यले उचित गति तथा मार्ग लिने साथै मनमा शान्ति मुहारमा कान्ति छाउने ।

वृश्चिक :- प्रतिस्पर्धामा उत्कट प्रदर्शन गर्न सफल भइने साथै आत्मसम्मान र आत्मविश्वासमा वृद्धि आउने ।

धनु :- कुनै अशुभ समाचार सुन्नुपर्ने साथै यात्राको क्रममा पनि अनेकन बाधा अड्चनको सामना गर्नुपर्ने ।

मकर :- स्वास्थ्य स्थिति प्रतिकूल तथा इच्छित खानाको उपभोगमा बाधा अवरोध हुने ।

कुम्भ :- मनमा प्रसन्नताको बहार छाउने साथै आरोग्यतामा थप वृद्धि आउने ।

मीन :- आर्थिक अवस्थामा असन्तुलनता देखापर्ने साथै मनमा असन्तुष्टिको ज्वारभाटा उठ्ने ।

शुभ दिन !

© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार ०७:३७