१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

अपहरित ७९ जना विद्यार्थी नियन्त्रणमुक्त


२१ कात्तिक, काठमाडाैँ । क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थी अपहरणमुक्त भएका छन । गत सोमबार अपहरणमा परेका उनीहरुलाई सकुशल नियन्त्रणमुक्त गरिएको क्यामरुनका सञ्चारमन्त्रीले बुधबार एएफपीसँगको कुराकानीमा बताएका छन । अपहरणमुक्त भएकाहरुको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन ।

फ्रान्सेलीभाषीको बाहुल्यता रहेको देशको अंग्रेजीभाषीको बाहुल्यता रहेको ठाउँबाट उनीहरुलाई अपहरण गरिएको थियो । त्यस क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार १७:१७