१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

आर्थिक समृृद्धिको यात्रालाई सफल पार्न राष्ट्रपति भण्डारीको अाग्रह

२१ कात्तिक, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विकास र आर्थिक समृृद्धिको यात्रालाई सफल पार्न आग्रह गरेकी छन् । उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामख र प्रमुख चार पार्टीका नेताहरुलाई बुधबार राष्ट्रपति भवन शितलनिवासमै बोलाएर राष्ट्रपति भण्डारीले विकास र आर्थिक समृृद्धिको यात्रालाई सफल पार्न आग्रह गरेकी हुन ।

राष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक परिर्वतनमा दलहरुले निर्णायक भूमिका निर्वाह गरेको भन्दै अब देशको विकास र आर्थिक समृद्धिको यात्रालाई सफल पार्नु पर्ने बताइन । उनले आर्थिक विकासको अभियानलाई तीव्रता दिन सरकार र दलहरुलाई आफ्नो सहयोग समेत रहने बताइन ।

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार १६:४५