८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

टी-२० क्रिकेटः नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

१० कात्तिक, काठमाडाैं । त्रिकोणात्मक टी-२० आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । २९ बल खेलेका उनले ६ चौका र तीन चौका प्रहार गरे । यस्तै करण केसीले २३ रन बनाए । १७ बल खेलेका उनले दुई चौका एक छक्का प्रहार गरे ।

दीपेन्द्र सिंह ऐरी २० र कप्तान रोहित पौडेल १८ रन बनाएर आएट भए । १५ बल खेलेका ऐरीले एक चौका र एक छक्का प्रहार गरे भने १७ बल खेलेका पौडेलले एक चौका हाने ।

सोमपाल कामीले १३ रन बनाए । सन्दीप जोराले १० रन बनाउँदा आशिफ शेखले ७ रन बनाए । कुशल मल्ल एक रन बनाएर आउट भए ।

नेपालले शृंखलाका ४ वटै खेल जितेको छ भने यूएईले ३ हार र १ जीतसहित फाइनलमा स्थान बनाएको हो । टी-ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप त्रिदेशीय शृंखला खेलिएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १३:१८