किन्ने होइन त ? नेपाल पुनर्बीमा कम्पनीको सेयर भर्ने आज अन्तिम दिन
१० कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लिलामी सेयर किन्ने आज कात्तिक १० गते शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले असोज २ गतेदेखि १९ लाख ७९ हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको थियो । उक्त सेयर आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । बिक्रीमा राखिएको सेयरमा कम्पनीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ११:१२