२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

‘सक्किगो नि’का निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई पितृशोक

१० कार्तिक, काठमाडौँ । हास्य सिरियल ‘सक्किगो नि’का कलाकार समेत रहेका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई पितृशोक परेको छ । अर्जुनका पिता झंकनाथ घिमिरेको ८२ वर्षको उमेरमा बिहीबार उपचारको क्रममा काठमाडौँमा निधन भएको हो । घिमिरेका नाति बैकुण्ठ घिमिरेले तारकेश्वरको होराइजन अस्पतालमा उपचारका क्रममा निधन भएको र बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जानकारी दिए ।

झंकनाथको फोक्सो र मिर्गौलामा समस्या देखिएपछि अस्पतालमा राखेर उपचार हुँदै आएको थियो । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ शिवालयका स्थायी बासिन्दा झंकनाथले डेढवर्षअघि पत्नी गुमाएका थिए । उनको पत्नीको पनि अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।

झंकनाथ तीन छोरा मध्ये एक ककनी २ मा रहेको शिवालय माविका प्रधानाध्यापक तथा ककनी गाउँ शिक्षा समिति सदस्य हुन भने अर्का छोरा दीपक घिमिरे शिवालय मिडियाका सञ्चालक हुन । झंकनाथका दुइ छोरी रहेका छन ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १०:४१