२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_____________
#दैनिक_राशिफल
कार्तिक १० शुक्रबार

मेष :- हीनताबोध तथा आत्मबलमा कमी महसुस हुने साथै लगनशीलता पनि केही ह्रास आउने ।

वृष :- आर्थिक पक्ष अझै सबल बन्दै जाने साथै ठीक समयमा उचित निर्णय लिन सकिने ।

मिथुन :- अाशै नगरेको व्यक्तिबाट सहयोग प्राप्त तथा रोजगारी वा आय आर्जनका नयाँ बाटाहरु खुल्ने ।

कर्कट :- लामो समयदेखि रोकिएका कार्यहरू पुन: सुचारू हुने तथा लगानीका नयाँ कार्ययोजना तय हुने ।

सिंह :- शारीरिक तथा मानसिक आलस्यता बढ्ने साथै अन्तिम अवस्थामा पुगेर काम बिग्रिने ।

कन्या :- राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त तथा कला साहित्य सङ्गीतमा रुचि बढ्ने ।

तुला :- खास व्यक्तिको आतिथ्यले घरमा रौनकता छाउने साथै वस्त्र, अर्थ वा उपचार प्राप्तिको योग ।

वृश्चिक :- दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले फाइदा नदिने यद्यपि साथीभाइ आफन्तबाट साथ प्राप्त ।

धनु :- विवादास्पद विषयमा प्रवेश नगरेको नै उचित हुने साथै आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

मकर :- सामाजिक कार्यमा जस वा सफलता प्राप्ति साथै धार्मिक कार्यमा रुचि बढ्ने ।

कुम्भ :- सत्कर्मको यत्रतत्र चर्चा चल्ने साथै प्रभावशाली बोलीले आफ्नो वर्चस्व जमाउने शुभ योग ।

मीन :- ज्ञानार्जनका नयाँ बाटाहरु आलोकित हुने साथै महत्त्वपूर्ण सभा, समारोहमा सहभागी हुने मौका मिल्ने ।

शुभ दिन !
© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ०७:५५