माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ? यसरी हेर्नुहोस् नतिजा
३ कात्तिक, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले असोज १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र योग्य भएको छ भने ४६ सय ५४ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको छ ।
कम्पनीको आईपीओ नतिजा केही समयपछि प्रकाशन हुनेछ । आईपीओ नतिजा बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइटhttps://www.sanima.capital/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १०:०३










