२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

चीन भ्रमणका क्रममा ह्रदयघात भएका गृहमन्त्री श्रेष्ठ खतारमुक्त

२ कार्तिक, काठमाडाैँ । चीन भ्रमणका क्रममा ह्रदयघात भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त रहेको प्रेस सल्लाहकार कमल गिरीले बताएका छन । माइल्ड हर्टअट्याक भएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका छन ।

बीआरईको कार्यक्रममा सहभागी हुन बेइजिङ पुगेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भएको र साँझ छाती धेरै नै दुखेपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १०:४८